चार सन्तानकी आमा बाहिरी प्रेमको चक्करमा, प्रेमीसँग मिलेर श्रीमानको हत्या


२७ कार्तिक २०७५, मंगलवार
hatya

मोरङ, २६ कातिक । प्रेममा परेपछि मान्छे कतिसम्म अन्धो हुन्छ भने चलिरहेको घरबार र आफन्त गुमाउन समेत अग्रसर हुन्छ ।

hatya

मोरङकी एक महिलाले आफ्नो बाहिरी प्रेमलाई बचाउन आफ्नै श्रीमानको हत्या मात्र गरिनन् चार सन्तानको मायालाई समेत चटक्क बिर्सिन तयार भइन् । घर बाहिरको प्रेम सम्बन्धलाई जोगाउने उनको सपनाले अन्नतः आफैलाई कारागारको खोरमा धकेली दियो ।

प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका–३ कि ३० बर्षीया फूलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत कात्तिक २४ गते हेमरन श्रीमान श्रीमतीबीच दिनभर झगडा भएको थियो । सोही र फूलमुनीको झगडा भएपछि छिमेकी समेत रहेका मदनले सोहीलाई घरबाट लगेर मदिरा सेवन खुवाएको पाइएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहीले पुन श्रीमतीसँग झगडा गरेपछि फूलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फूलमुनीले मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताएका छन् ।

हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फूलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तर्गत बक्राहा खोला छेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका सोहीको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फूलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

घरमा सुतेको व्यक्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फूलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो । सामान्य मजदुर परिवारका सोही सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकी समेत रहेका मदनको आउजाउ बाक्लो थियो ।

पक्राउ परेका दुबै जनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

बुबाको हत्या आरोपमा आमा पक्राउ परेपछि हेमरनका ३ छोराछोरीलाई सानिमाको जिम्मा लगाइएको छ । हेमरनमा ४ छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ । अन्य तीन जनालाई छिमेकमै रहेकी सानिमाको जिम्मा लगाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७