सुगम संगीतमा जीवनको पहिलो पाइला


३० कार्तिक २०७५, शुक्रबार
geet

काठमाडौं, ३० कार्तिक । लामो समय गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक जीवन राजबीसेले मूलधारको संगीत यात्रामा पाइला चालेका छन् ।

geet

लामो समयदेखि राजवंशी भाषामा गीत–संगीतको खेती गर्दै आएका उनले मूलधारको संगीत क्षेत्रमा हात हाल्दै ‘तिमी शितल जून’ बोलको गीत बजारमा ल्याएका हुन् ।

रमेश मास्केको ओजपूर्ण शब्द रहेको गीतमा बलबहादुर राजबीसेको सुमधुर संगीत रहेको छ । सुरज श्रेष्ठले एरेञ्ज गरेको यो गीत जीवनको पहिलो नेपाली भाषाको गीत हो ।

मिठो आवाजका धनी जीवनले राजबंशी भाषाका दर्जनौं गीत गाएर श्रोताको मन जितिसकेका छन् । जीवनको उक्त मर्मस्पर्शी सुगम गीत युट्युवबाट समेत सुन्न सकिन्छ ।

युट्युवमा अपलोड गरिएको उक्त गीत सुन्नेहरुले जीवनको सुगम संगीतको यात्रा सुखद रहेको प्रतिक्रिया दिएका छन् । मूलधारको पहिलो गीत सुनेर श्रोताले दिएको प्रतिक्रिया र हौसलाले नेपाली गीत–संगीतको क्षेत्रमा यस्तै गीत गाइरहने प्रेरणा र जाँगर बढेको गायक जीवन राजबीसे बताउँछन् ।

आफू संगीत क्षेत्रमा लामै समयदेखि सक्रिय भए पनि राम्रै तयारीका साथ मात्र मूलधारमा आउन चाहेकाले नेपाली भाषाको गीत गायनमा आफूले केहि ढिला गरेको जीवन सुनाउँछन् ।

उनी भन्छन्, ‘म गीतमा शब्द र संगीतलाई छानेर मात्र गाउँछु । गीत निकाल्नेसँगै गुणस्तरमा पनि ध्यान दिन्छु ।’ उनी गीत गाउने मात्र होइन, लेख्ने र कम्पोज समेत गर्न माहिर छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७