रोनाल्डोलाई २३ महिनाको जेल सजाय, कर छलेको प्रमाणित


८ माघ २०७५, मंगलवार
ronaldo

काठमाडौं, ८ माघ । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले १९ मिलियन युरो कर छली गरेको आरोप स्विकार गरेका छन् । उनलाई २३ महिनाको जेल सजाय तोकिएको छ ।

ronaldo

रियाल मड्रिडबाट खेल्ने क्रममा सन् २०१०–२०१४ बीचमा उक्त कर छली गरेको आरोप उनीमाथि मड्रिडको अदालतमा लगाइएको थियो । उक्त अदालतले रोनाल्डोलाई सजाय सुनाएको थियो । हाल ईटालीको क्लब युभेन्टसबाट खेलिरहेका रोनाल्डोले करिब १९ मिलियन युरो जरिवाना बुझाउन सहमति दिएका छन् ।

स्पेनको कानुनले २४ महिना भन्दा कम अवधिको जेल सजायमा जेल जान नपर्ने उल्लेख रहेको छ । यसअघि बार्साका खेलाडी मेस्सी पनि कर छलीमा परिसकेका छन् । उनले पनि २२ महिनाको जेल सजाय पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७