अभिनेत्री लक्ष्मी रानाको निधन
काठमाडौं : फिल्म ‘मनकामना’ मार्फत सहअभिनेत्रीको रूपमा डेब्यु गरेकी अभिनेत्री लक्ष्मी रानाको मंलबार मृत्यु भएको छ । लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेको कारण उपचारत थिइन् ।
नृत्याङ्गिनीको रूपमा परिचय बनाएकी उनी ११ वर्षदेखि मृगौलाको समस्याले पीडित थिइन्। उनको एक मृगौला सुकिसकेको र अर्कोले पनि ४० प्रतिशत मात्र काम गर्ने अवस्थामा पुगेको थियो। लामो समयदेखि मृगौलाको औषधी सेवन गर्दै आएकी उनको उपचारका लागि विभिन्न सङ्घ संस्थाले आर्थिक सहयोग पुर्याउँदै आएको थियो। तर आर्थिक अभावमा उनले मृगौला प्रत्यारोपण भने गरेकी थिइनन्।