बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी


२१ जेष्ठ २०७६, मंगलवार
barcelona KW0eqp3wqK

काठमाडौं,जेठ २१ जेठ । (एजेन्सी) स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९-२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ ।

क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले नयाँ जर्सीलाई सार्वजनिक गरेका हुन् । बार्सिलोनाको यो नयाँ जर्सीको डिजाइन आर्किटेक्ट एन्टोनी गाउडीले गरेका हुन् । यो जर्सीमा बार्सिलोनाले परम्परागत नीलो कट्टु र मोजा लगाउनेछ ।

क्लवले नयाँ जर्सीलाई मंगलबारदेखि बजारमा पनि बिक्रीका लागि उपलब्ध गराएको छ । यो जर्सीले काटालानको झण्डाको प्रतिनिधित्व गर्नुका साथै जर्सीको पछाडी झण्डा पनि राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७