दुहवी गोल्डकप : मनाङ मस्र्याङ्दी आयोजकलाई हराउँदै सेमिफाइनलमा


२६ मंसिर २०७४, मंगलवार
duhabi gold cup 17


बेलबारी :
सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले आयोजक टिमलाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको छ ।duhabi gold cup 17
सोमबार भएको तेस्रो खेलमा मनाङ मस्र्याङ्दीले ५–२ गोल अन्तरले आयोजक टिम एलेभेन एरोज क्लब दुहवीलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको २ मिनेट नपुग्दै मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए । लगतै ६ मिनेटमा नाईजिरियन खेलाडी पोटरिकले अर्को गोल थपे ।
आयोजक टिम एलेभन एरोज क्लबका खेलको पहिलो हाफको २० मिनेटमा बुद्धीमान राईले गोल गरे । यस्तै निसान लिम्बुले गोल गरी खेललाई बराबरीमा पुगाएका थिए । खेलको २८ मिनेटमा मनाङका सुजल श्रेष्ठले थप गोल गर्दे ३–२को स्थितिमा पु¥याए ।
मनाङका लागि विशाल राई पनि थाप गोल गरे र पुनं. सुजल श्रेष्ठले दास्रो हाफमा गोल गरी टिमलाई सेमिफाईनलमा पु¥याएका थिए ।
खेलको उत्कृष्ट खेलाडी मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठलाई मनमोहन स्मृति प्रतिष्ठान हात्तिमुडाका सदस्य सत्यनारायण चौधरीले नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरेका छन् ।
मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र अग्नी रुपन्देही ११ रुपन्देही बिच हुनेछ ।duhabi gold cup 19

duhabi gold cup 18

duhabi gold cup 14 1

duhabi gold cup 16 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७