‘हजार जूनीसम्म’ को प्रदर्शन मिति के कारणले सर्‍यो ?


१९ असार २०७६, बिहीबार
Aryan Sigdel Swastima Khadka

काठमाडौं, १९ असार । साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘हजार जूनीसम्म’ अब एक साता पछि सरेको छ ।

साउन ३० मा रिलिज हुन लागेको बलिउड चलचित्र ‘साहो’ को प्रभावका कारण ‘हजार जूनीसम्म’ निर्माण पक्षले एक साता पछि सारेका छन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र भदौ ६ मा सरेसँगै अब बक्स अफिसमा चलचित्र ‘जाइरा’ सँग भिडन्त हुने भएको छ । ‘जाइरा’ को यूनिटले लामो समयदेखि भदौ ६ लाई प्रदर्शन मिति तय गरेर प्रचारलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७