पवन गिरिको ‘मलाई एक छिन देऊ’ सार्वजनिक
काठमाडौं, १० भदौ । गायक पवन गिरी ‘मलाई एक छिन देऊ…’ सार्वजनिक गरेका छन् । नेपाल आईडल २ का टप ६ सम्म पुगेका प्रतियोगी गिरिले नयाँ गीत लिएर आएका हुन् ।
नेपाल आईडलमा ‘पावर प्याक पफर्मर’ को उपाधि पाएका थिए गिरिले म्युजिक भिडियो वाइड लेन्स प्रोडक्सन मार्फत बजारमा ल्याएका छन् ।
न्यूह बज्राचार्यको संगीत रहेको गीत गिरिले बज्राचार्यलाई गुरुको रुपमा श्रद्धा गर्दै उनले एल्बमको नामै ‘गुरुको भेट’ राखेका छन् ।
म्युजिक भिडियोमा उनले कविता नेपालीसँगै आफैंले अभिनय गरेका छन्। भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका छन् । र, क्रियटिभ डाइरेक्टरको भूमिकामा योपेश प्रधान छन् ।