एमालेसँग पार्टी एकता गर्ने माओवादीमा तीन नेतालाई जिम्मा
काठमाडौँ: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकताबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।
एमालेको स्थाई कमिटिले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णय गरेलगत्तै माओवादीले एमालेसँग पार्टी एकता नै गर्ने गरी छलफल अगाडि बढाउन तीन नेतालाई जिम्मेवारी दिएको छ।पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार भएको सचिवालय बैठकले निर्णय गरेको हो। माओवादी केन्द्रकी प्रवक्ता भुषालका अनुसार संघ र प्रदेशसभा निर्वाचन अघिनै दुई पार्टीबीच एकता गर्ने गरी तयारी अगाडि बढाउने निर्णय भएको छ।
एमालेसँगको एकता वा चुनावी तालमेलको विषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिइएको छ। माओवादी नेताहरूले मंगलबारदेखि नै एमालेका नेताहरूसँग चुनावी तालमेल र पार्टी एकताबारे छलफल गर्ने छन्।