सचिन तेन्दुलकरलाई त्रिवि मैदानमा जित


३० कार्तिक २०७६, शनिबार
sachin tendulakar 1

काठमाडौं, ३० कार्तिक । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरलाई त्रिभुवन विश्वविद्यालयको मैदान जित मिलेको छ । शनिबार भएको मैत्रीपूर्ण खेलमा उनको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ ।

विनोद दासको टोलीेले टस हारेर पहिलो व्याटिङ जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई मनोरञ्जन प्रदान दिए । सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । सचिनले १ चौका प्रहार गरे । सचिनले मैदानमा खेलाडीलाई ब्याटिङ र बलिङ दुबै कुरा सिकाई रहेका थिए । विनोद दासले १ विकेट लिए ।

उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए । यसका साथै उनलाई समर्थकले छक्का हान्न आग्रह पनि गरेका थिए । दुवै टिममा स्कुलका बालबालिकाको सहभागिता रहेको थियो ।

त्यसअघि टस हारेर विनोद दासको टोली रेडले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।

युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सचिन शुक्रबार राती नेपाल आएका थिए । सचिनलाई टियुमा कडा सुरक्षाको ब्यवस्था गरिएको । नेपाल प्रहरी र गार्डले राम्रो सुरक्षा दिएका छन् ।

बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दुत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७