२०७६ मंसिर ४ गते बुधबारको तपाईको राशिफल


४ मंसिर २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रेमी तथा आफन्तको सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । अनुहारमा शत्रु क्षय पनि होलान् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभारम्भको योग छ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ कार्यमा सरिक भईने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राजनैतिक कार्यमा बाधा आउने छ । सानातिना समस्यामा अल्झिनु पर्नेछ । मुद्दा मामिला आइलाग्ने छ । मेहनत र इमानदारिताले सफलता पाईन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभदायक यात्रा हुनेछ । परिवारसँग रमाइलो भेटघाट रहला । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अवसरहरू गुम्न सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मनमा निरासा र शरीरमा आलस्य आउँला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मेहनत र इमानदारिताले सफलता पाईन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश जाँगर र हिम्मत बढ्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७