अनु गुरुङले दिलाइन् कराँतेमा तेस्रो रजत (फोटोफिचर)
काठमाडौं, १७ मंसिर । अनु गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा तेस्रो रजत दिलाएकी छिन् । उनले सातदोबाटोमा मंगलबार भएको ६१ केजी तौल समूह मुनि रजत पदक दिलाएकी हुन् ।
उनी बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले पराजित भइन् । यसअघि अनुले जयाकोदी डोनालाई ६–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् ।
पहिलो दिन कराते सर्वाधिक सफलता हात पारेको नेपाल आज(मंगलबार) भइरहेको खेलमा एक स्वर्ण मात्र जित्न सफल भएको छ । यसअघि राजिब पुडासैनी र मनिषा चौधरीलाई कास्य पदक सिमित भएका थिए ।