डा. केसीले सर्वोच्चमा यस्तो दिए बयान, छोडेनन् आफ्ना अडान
काठमाण्डौं : अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् । डा. केसीले अहिलेसम्म बयानमा पनि आफ्नो अडान छोडेका छैनन् ।
अदालतको बयानमा उनले भनेका छन्–‘न्यायालयको अपमान गर्ने मेरो कुनै मनसाय छैन, तर यहाँको भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध मेरो लडाईं हो । प्रधानन्यायाधीश गोपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यसविरुद्ध मेरो लडाईं हो ।
मैले विज्ञप्तीमार्फत न्यायालयको आलोचना गरेकै छैन । भ्रष्टाचारविरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियो ? अदालतको भ्रष्ट प्रवृत्तिविरुद्ध मेरो लडाईं हो । म त्यसमा अडिग छु । एउटा सचेत नागरिकको हैसियतले देश र जनताको हितमा बोल्नु मेरो कर्तव्य हो ।’