ए डिभिजन लिग विजेता मछिन्द्रलाई हराउँदै पुलिस क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा
धरान, १५ फागुन । नेपाल पुलिस क्लब ए डिभिजन लिग विजेता सानमिगल मछिन्द्र क्लबलाइे हराउँदै फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा पुलिस क्लबले मचिन्द्र लाई सडन डेथमा हराएको हो ।
फागुन ३ गते लिग जितेर पूर्व यात्रामा निस्केको मछिन्द्रले आइतबार मात्र सताक्षी धाम गोल्डकप जितेको मचिन्द्र पुलिससँग ५–४ ले पराजित भयो ।
सडन डेथमा कपिल ढकालको गोल निर्णायक बनेको थियो । त्यसमा मछिन्द्रका विराज महर्जन गोल गर्नबाट चुकेका थिए । टाइब्रेकरमा पुलिसका लागि भोला सिलवाल, जुमानु राई, पदम भद्रा, तीर्थ राना मगरले गोल गरे । सुमन सुवेदी गोल गर्नबाट चुकेको थिए ।
टाइब्रेकरमा मछिन्द्रका देवेन्द्र तामाङ, रञ्जित धिमाल, विमल घर्तीमगर, विजय धिमालले गोल गरे । विशाल राई भने गोल गर्नबाट चुकेका थिए ।
शनिबार हुने फाइनलमा पुलिसले नेपाल आयल निगम मनाङ मस्र्याङ क्लबको सामना गर्नेछ । पुलिस बुढासुब्बाको सबै भन्दा बढी ५ पटक उपाधि जित्ने टोली पनि हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको हो ।
सुदूरपश्चिम खप्तड गोल्ड कपमा पराजित
एकै दिन दुई वटा नकआउट फुटबल प्रतियोगिताको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गरेको पुलिस क्लबले सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्ड कपमा भने पराजय ब्होरेको छ ।
पुलिस अर्को विभागिय टोली नेपाल एपिफएफ क्लबसँग निराश पराजित भएको हो । साविक विजेता समेत रहेको पुलिस टोली एपिएफसँग टाइब्रेकरमै ४–३ ले निराश भएको थियो ।