गोर्खाज फाइनान्सको यी ४ शाखा आज खुल्ने
काठमाडौं, २४ चैत । गोर्खाज फाइनान्सले आज(साेमबार) ४ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९)को बढदो जोखिमसँगै सरकारले लकडाउन गरे पनि आज(साेमबार) चार शाखाहरु खुल्ला रहने जानकारी दिए ।
फाइनान्सले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिनेछ ।