प्रचण्डको यस्तो निर्णयले कार्यकर्ता चकित, आखिर किन गरे यस्तो निर्णय ?
काठमाण्डौं, ५ माघ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब उनको निवासमा भेट्न पाइने छैन । ललितपुरको खुमलटारस्थित उनको निवासमा कार्यकर्ताले अब भेट नपाउनु भएका हुन् । प्रचण्डसँग हुने सबै भेट र राजनीतिक गतिविधि अब पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्रै हुने भएको हो । उनको भेटघाट तथा कार्यक्रमको तालिका समेत अब केन्द्रीय कार्यालयले नै तय गर्ने जनाइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार उनलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि राजनीतिक गतिविधि तथा कार्यक्रम केन्द्रीय कार्यालयमा मात्र गर्न लागिएको हो । प्रचण्ड आफैंले बोलाएका व्यक्ति बाहेक अरुले खुमलटार निवासमा भेट्न नपाउने उनको सचिवालयले जानकारी दिएको छ ।
.