रुपन्देहीमा पौडेल र भट्टराई सर्वसम्मत
रुपन्देही : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल रुपन्देहीको क्षेत्र नं. २ बाट सर्वसम्मत चयन भएका छन् । यसैगरी, क्षेत्र नं. ५ बाट केन्द्रीय सदस्य एवं अखिलका पूर्वअध्यक्ष खिमलाल भट्टराईको नाम पनि सर्वसम्मत सिफारिस भएको छ ।
रुपन्देहीको १ र ३ नम्बर क्षेत्रमा भने सर्वसम्मत हुन नसकेपछि उम्मेदवार सिफारिस गरिएको छ । उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, राधा ज्ञवाली र लीला गिरीको नाम क्षेत्र नं. १ बाट सिफारिस भएको छ । यसैगरी, क्षेत्र नं. ३ बाट उपमहासचिव भुसाल, पोलिटब्युरो सदस्य विजय पौडेल र पुष्पाञ्जली उपाध्यायको नाम सिफारिस भएको छ ।
रुपन्देहीको क्षेत्र नं. ४ मा भने माओवादी केन्द्रलाई छाड्नुपर्ने देखिएको हुँदा कसैको पनि नाम सिफारिस गरिएको छैन । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार, सो क्षेत्रमा एमाले र माओवादी केन्द्रको सल्लाहमा उम्मेदवार चयन गरिने भएको छ ।