दैनिक १२ सय तलबमा गृहले माग्यो सय कर्मचारी (हेर्नुस् सूचना)
काठमाडौं, १३ कार्तिक । दैनिक १२ सय तलब दिने गरी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय कर्मचारी मागेको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै करार दर्ता अपरेटर पदमा सय जनाको दरखास्त आह्वान गरेको हो । दरखास्त दिन चाहने नेपाली नागरिकले कुनै पैसा तिर्नु पर्ने छैन । कार्तिक १३ गतेदेखि १५ सम्म अनलाइनबाट फाराम भर्न सकिनेछ ।
दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ । तीन महिना कम्प्युटर प्रशिक्षण गरेको वा प्रविणता प्रमाणपत्र तहमा कम्प्युटर विषय लिई अध्ययन गरेको हुनुपर्नेछ ।
आवेदन दिएकाहरुको लिखित परीक्षा मंसिर १३ गते हुनेछ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ ।