नबिल बैंकले तिहारका लागि पनि ल्यायो सामाजिक सन्देशमूलक भिडियो (भिडियो सहित)
काठमाडौं,२६ कात्तिक । नबिल बैंकले अहिलेको माहामारीको बेलामा सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिन सन्देशमूलक तिहार भिडियो सार्वजनिक गरेको छ ।
तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ ।
नबिल बैंकले दशैंको बेलामा पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मन पराएका थिए ।
उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल खान गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेरिसकेका छन् ।