भारतको कोरोना खोप ‘कोभ्याक्सिन’ को आज अन्तिम परीक्षण

हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले पहिलो खोप लगाउँदै


५ मंसिर २०७७, शुक्रबार

काठमाडौं, ५ मंसिर । भारतले कोरोना भाइरस संक्रमणविरुद्ध विकास गरेको खोप ‘कोभ्यास्नि’ को आज (शुक्रबार) तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण (ट्रायल) शुरु हुँदैछ ।

भारतको प्रख्यात औषधी निर्माता कम्पनी भारत वायोटेकलाई केन्दिय औषधी मानक नियन्त्रण संगठनले मानव परिक्षण गर्न अनुमति दिएको छ । भारत बायोटेकले कोरोना विरुद्व पहिलो औषधी कोभ्याक्सिन निर्माण गरेको हो ।

त्यसको पहिलो डोज हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले लगाउँदै छन् । भातरीय जनता पार्टीका नेता ६७ वर्षीय उनले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा परीक्षण खोप लगाउने जानकारी गराएका छन् ।

उनले बिहीबारै ट्वीटरमा लेखेका छन्, ‘म शुक्रबार ११ बजे अम्बाला क्यान्टस्थित सिभिल अस्पतालमा पीजीआई रोहतक र स्वास्थ्य विभागका विशेषज्ञको निगरानीमा बायोटेकले बनाएको कोरोनाविरुद्धको कोभ्याक्सिनको परीक्षण डोज लिनेछु ।’ अम्बाला क्यान्टका विधायक अनिल विजले भनेका थिए, ‘हरियाणामा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण नोभेम्बर २० (आज) शुरु हुन्छ ।’

an

यहि हप्ता २६ हजार जनालाई खोप लगाइने
भारतको बायोटेक नामको कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहयोगमा कोरोनाविरुद्ध कोभ्याक्सिन बनाइरहेको हो ।

कम्पनीले गत हप्ता खोपको पहिलो र दोस्रो चरण परीक्षणको विश्लेषण पूरा गरिएको र अब तेस्रो चरणको परीक्षण सुरु गर्ने जानकारी दिएको थियो । कम्पनीका अनुसार तेस्रो चरणको परीक्षणअन्तर्गत यस हप्ता भारतका २५ केन्द्रमा २६ हजार जनलाई खोप लगाइनेछ ।
भारतमा खोपको यो परीक्षण अहिलेसम्मकै ठूलो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कहिले आउँला बजारमा ?
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी सन् २०२१ को दोस्रो–तेस्रो महिनासम्ममा यो खोप बजारमा आउने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अगस्ट–सेप्टेम्बरसम्ममा हामी ३० करोड नागरिकलाई भ्याक्सिन दिने अवस्थामा पुग्नेछौं ।’

भारतमा कारोना विरुद्वको औषधी निर्माण गर्न जाइडस क्यालिडा, सिरम, पेनेसिया दौडामा सामिल रहेको छ । दौडमा रहेका सम्पूर्ण दाबेदारहरुको औषधी परिक्षणको क्रममा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७