चर्चित हाँस्य कलाकार भारती सिंह र उनका श्रीमान जमानतमा रिहा


९ मंसिर २०७७, मंगलवार
bharti harsh 8ZG2XZpZqU

नयाँदिल्ली, ९ मंसिर । चर्चित भारतीय हाँस्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सुशान्त सिंह राजपूतको मामिलामा ड्रग्सको कुरा सार्वजनिक भएपछि फिल्म र टिभी जगतका विभिन्न हस्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ ।

एनसीबीले नयाा सिलसिलामा चर्चित व्यक्तिहरुको घरमा छापामारी पनि गरिरहेको छ । यसमा अब ताजा नाम चर्चित हाँस्यकलाकार भारती सिंहको नाम जोडिएको छ ।

भारती सिंहलाई एनसीबीले शनिबार मुम्बईमा उनको घरबाट पक्राउ गर्‍यो । एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा गरिएको छापामारीमा ८६.५ ग्राम गाँजा भेटिएको थियो । विभागका अधिकारीको दाबी अनुसार भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारेका छन् । भारती सिंहका साथै उनका श्रीमान हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७