खानेपानी मन्त्री थापालाई जाजरकोटमा कालो झण्डा


२२ पुष २०७७, बुधबार
Manichandra thapa 1536x756 1

काठमाडौं, २२ पुस । खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड–नेपाल पक्षको नेकपाका विद्यार्थीले कालो झण्डा देखाएका छन् । ओली समूहको पार्टी प्रशीक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई आज (बुधबार) नेपालगञ्ज फर्कने क्रममा भेरी नगरपालिका–४ बोहरामा अनेरास्ववियुका युवाले कालो झण्डा देखाएका हुन् ।

Mani thapa 1

प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा गएर मन्त्री भएका थापालाई कालो झण्डा देखाएर सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको शुरू गरेको अखिलका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षधर सडक संघर्षमा उत्रिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७