अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सकियाे


२७ पुष २०७७, सोमबार
4c81745ae2e946b1874a3170e6c9a1de 4c81745ae2e946b1874a3170e6c9a1de 20237bb58fe24e108b9f00bba7a26eb6 scaled

सिड्नी, २७ पुस । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।

पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो ।

6a7c16b7005046ceb81308d90cb1361d 6a7c16b7005046ceb81308d90cb1361d 1e21a8336d714e74b1c9c470cb62d682

कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ ।

भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन । भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ११८ बल खेल्दै महत्वपूर्ण ३९ रन बनाएका थिए । दुबैले भारतीय टोलीको स्कोरलाई ३३४ सम्म पुर्‍याएका थिए ।

581373a84b994997ab83ef79e38768c0 581373a84b994997ab83ef79e38768c0 6759c6984ded479385ed9933d8e027bf

भारतका लागि रिषभ पन्तले ११८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए । यससँगै चेतेश्वरले टेस्ट खेलमा ६,००० रन पूरा गरे ।

अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३१२ बनाएर भारतसामु जितका लागि ४०७ रनको चुनौती दिएको थियो । भारतले पहिलो इनिङमा २४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३३४ रन बनायो । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७