काजल तामाङले पहिरिइन् ‘मिस ई कलेज’ उपाधि
काठमाडौं: ‘मिस ई कलेज २०१८’ ब्रिटिस कलेजकी काजल तामाङले जितेकी छिन् । शनिवार सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा आयोजना गरेको कलेज प्रतियोगितामा तामा ण्ज्ञठण्ज्ञले ताज पहिरेकी हुन् । साथै उनले विधागत तर्फको ‘मिस पर्सनालीटी’को टाइटल अवार्ड पनि जितेकी छिन् ।
प्रतियोगितामा विजयी भए बापत तामाङले उपाधिसँगै एयटा स्कुटर, ५ दिनको वैङ्कक भ्रमण, लेट्मीइनको तर्फबाट २० हजारको गिफ्ट भौचर, नेपाल एयरहोस्टेस एकाडमीको तर्फबाट ३५ हजारको छात्रावृति प्राप्त गरिन् । प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप साथै विधागततर्फ अर्गनाइजर च्वाइस अवार्ड प्राप्त गरिन् । उनले वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन् । त्यस्तै आस्मी गौतम सेकेण्ड रनरअप भइन् ।
फस्ट रनरअप र सेकेन्ड रनरअपले ढोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरिन् । अपेक्षा ढुङ्गानाले थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधि पनि हात पारिन् । अलिसा श्रेष्ठ फोर्थ रनरअप भएसँगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि जितिन् ।