सात प्रदेशमा क्रिकेटका १० प्रशिक्षक नियुक्त (नामावलीसहित)


२ आश्विन २०७८, शनिबार
can

काठमाडौं, २ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले ७ प्रदेशमा १० क्रिकेट प्रशिक्षकको नियुक्ति गरेको छ । क्यानले प्रदेश–१ मा पुष्प थापा, प्रदेश–२ मा प्रकाश शरमा र सुनिलकुमार साह, बागमती प्रदेशमा सन्जय महर्जन, गण्डकी प्रदेशमा रिजन प्रजु, लुम्बिनी प्रदेशमा बसन्त शाही र जमल अन्सारी, कर्णाली प्रदेशमा वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्यानले गत भदौंमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकसहित क्यानले सात वटै प्रदेशका लागि एक एक प्रशिक्षक मागेको थियो । तत्कालिन मुख्य प्रशिक्षक उमेश पटुवालले राजीनामा दिएपछि क्यानले आवेदन माग गरेको थियो । त्यसपछि मुख्य प्रशिक्षकमा देभ व्हाटमोरको नियुक्ति भए पनि उनले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७