व्याजदर वृद्धिको होडबाजीको असर नागरिक वचत–पत्रमा


२८ फाल्गुन २०७४, सोमबार
bank 1

काठमाण्डौं, २८ फागुन : बैंक तथा वितीय संस्थाहरुले ग्राहक आकर्षणका लागि व्याजदर वृद्धि गरेपछि अहिले सबैजसो वैंकको कारोबार प्रभावित बन्न पुगेको छ ।bank 1

बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप तानातानका लागि ब्याजदर वृद्धिको होडबाजी गरिरहँदा त्यसको प्रभाव नेपाल राष्ट्रबैंकले निश्कासन गर्न लागेको नागरिक बचत पत्रमा समेत देखिएको छ । नेपाली नागरिकले मात्रै खरिद गर्न पाउने नागरिक बचतपत्रमा अफर गरिएको यो ब्याजदर तीनवर्षकै उच्च हो । केन्द्रीय बैंकले २०६९ सालमा ९.५ प्रतिशत ब्याजदरसहितको बचतपत्र निश्कासन गरेको थियो । त्यसपछि ५ पटक निष्कासित बचतपत्रमध्ये कुनैमा पनि ब्याजदर ९ प्रतिशत अफर गरिएको थिएन, अधिकतम ब्याजदर ८.५ प्रतिशत दिइएको थियो ।

लगानीयोग्य रकमको अभाव भएर ब्याजदर वृद्धिको होडबाजी चलेपछि राष्टबैंकले समेत तीन वर्षपछि बचतपत्रको ब्याजदर ९ प्रतिशत अफर गरेको अधिकारीहरुले बताएका छन् । बैंक तथा बित्तीय संस्थाहरुले साधारण बचतमै १० प्रतिशतसम्म र मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि आफूले निष्कासन गर्ने बचतपत्र बिक्री हुन नसक्ने निष्कर्ष निकाल्दै नेपाल राष्टबैंकले आगामी चैत १ देखि बिक्री खुल्ला गर्न लागेको ५ वर्षे ‘’नागरिक बचतपत्र–२०७९‘ख’ का लागि वार्षिक ९ प्रतिशत ब्याजदर अफर गरेको हो । बजारको उतार चढावबाट जोखिम लिन नचाहनेले ५ वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याज लिएर बचतपत्रमा ढुक्कले लगानी गर्न सक्नेछन् । यसमा लगानी गरेपछि बजारमा जतिसुकै उतारचढाव आए पनि अफर गरिएको ब्याजदर घट्ने छैन ।

राष्ट «बैंकले यो पटक २ अर्ब रुपैयाँ बराबरको बचतपत्र निष्कासन गर्न लागेको हो । यो बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिनेछ । ब्याजकर कटाएर ६ ६ महिनामा ब्याज भुक्तानी हुनेछ । यो बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन सकिनेछ ।

बचतपत्रको बिक्री चैत १ देखि २१ गतेसम्म खुल्ला रहने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । बचतपत्रको निश्कासन चैत २६ गते हुनेछ भने साँवा २०७९ चैत २६ गते भुक्तानी गरिने बताइएको छ ।

कहाँ पाइन्छ आवेदन फारम ?

आवेदन फारम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुबाट निःशुल्क पाइने । यस बैंकको वेब साइट धधध।लचद।यचन।लउ मा एगदष्अि म्भदत बाट डाउनलोड पनि गर्न सकिने ।

कहाँ बुुझाउने आवेदन फारम ?

यो नागरिक बचतपत्रको आवेदन फारम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमा बुझाउन सकिने । (बजार निर्माताहरुको सूची यस बैंकको वेबसाईट धधध।लचद।यचन।लउ मा एगदष्अि म्भदत अन्तर्गत उपलब्ध रहेको)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७