२०७८ पुस ९ गते शुक्रबारको तपाईको राशिफल


९ पुष २०७८, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्वपूणर् योजना बन्नेछ । शेयर बजार र व्यापार, व्यवसायबाट लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने छ । यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्ने छ । कृषि कार्यबाट लाभ मिल्ने छ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको थालनी हुनसक्छ । इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज वाक्पटुताद्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ कार्यको थालनी हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउने छ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम आईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग पनि छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको बढी ख्याल गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७