राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिममा तीन पदमका लागि ६ जनाको उम्मेदवारी


२० पुष २०७८, मंगलवार
sudur pachhim

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गराउने तयारी गरेका छन् । आगामी माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय धनगढीमा आज मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मनोनयको लागि तयारी अवस्थामा रहेको बताएका छन् । नेकपा एमाले एक्लै नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको गठबन्धनका उम्मेदवारसँग भिड्ने भएको छ । नेकपा एमालेले खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ सन्तोषकुमारी थापा शर्मा र दलिततर्फ बैतडीका नरेश बि.क.लाई उम्मेदवार बनाएको छ ।

गठबन्धनका तर्फबाट खुलामा नेपाली कांग्रेसका नारायण दत्त मिश्र, महिला कोटामा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम ईन्चार्ज गरिमा शाह र दलित कोटामा माओवादी केन्द्रका डडेल्धुराका जगत पार्कीलाई उम्मेदवार बनाइएको छ । प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने छन् ।

सुदूरपश्चिममा स्थानीय तहका १७५ र प्रदेशसभा सदस्य ५२ गरेर २२७ मतदाता छन् । मतभार स्थानीय तहका १८ र प्रदेश सभा सदस्यको ४८ रहेको छ । राष्ट्रियसभाका २० सासंद चार वर्षे कार्यकाल पूरा गरेर अगामी फागुन २० गते बिदाई हुँदैछन् । १ जना राष्ट्रपतिले मनोनयन गर्ने छन् भने १९ पदका लागि माघ १२ गते ७ वटै प्रदेशमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७