वागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त
हेटौंडा । धादिङका श्याम श्रेष्ठ वागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन् । सोमबार उच्च अदालत पाटन इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन् ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा(२) बमोजिम मुख्यन्यायाधिवक्ता नियुक्त गरे ।
त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराए ।