‘रन वे’मै गुडिरहेको यति एयरको जहाज एकाक्सी रोकिएपछि…
बुटवल, ४ चैत । काठमाडौंबाट भैरहवा आएको यती एयरको 9 n-AJC नं. को जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
भैरहवाको गौतमबुद्ध विमानस्थलमा जहाजको रन वे मा गुडिरहेका बेला चक्का ‘लग’ हुँदा रन वेमा अड्किएको थियो ।
जहामा रहेका २६ जना यात्रु र चालक दलका सदस्य थिए । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि रनवेमा अड्किएको थियोे ।
जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।
केहि अघिमात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा युएस बंगला विमान दुर्घटना भएको थियाे ।