हिउँले सेताम्मे सिमकोट र खलंगा, हेर्नुहोस् चार तस्बिरमा
हुम्ला । हुम्लामा बिहीबार र शुक्रबार दुई दिन हिमपात भएपछि शनिबार खुलेको मौसममा सदरमुकाम सिमकोट । तस्बिर : दाने बोहरा/रासस
हिउँले सेताम्मे जुम्ला सदरमुकाम खलंगा बजार । शुक्रबारदेखि निरन्तर जारी हिमपातले यहाँका किसान हिउँदे बालीनालीलाई निकै फाइदा गर्ने भएपछि खुशी भएका छन् । तस्बिर : विजय रावत/रासस
हिउँले ढाकेको जुम्ला सदरमुकाम खलंगा बजारको अर्को तस्बिर । जुम्लामा अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । तस्बिर : विजय रावत/रासस
हुम्लामा बिहीबार र शुक्रबार दुई दिन हिमपात भएपछि शनिबार खुलेको मौसममा सदरमुकाम सिमकोटको यो अर्को तस्बिर : दाने बोहरा/रासस