रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ऐतिहासिक सम्पदा क्षतिग्रस्त


१९ चैत्र २०७८, शनिबार
ukren 2

किभ । रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोले जनाएको छ । ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरुले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले भने ।

युनेस्कोले देशको उत्तर तथा पूर्वी भागमा क्षतिग्रस्त क्षेत्रको एउटा सूची नै सार्वजनिक गरेको छ । युक्रेनी अधिकारीहरूले प्रदान गरेको सूचना पुष्टि गर्न यूनेस्कोले घटनास्थलबाट स्याटलाइट तस्बीरहरु र साक्षीका रिपोर्टहरू प्रयोग गरेको प्रव्रक्ताले बताए । युनेस्कोका अनुसार रुसी गोलाबारीमा पूर्वी खार्किभ क्षेत्रका एक दर्जनभन्दा बढी क्षेत्रहरु क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भवनमा चर्चदेखि आधुनिक सम्पदा छन् ।

क्षतिग्रस्त सम्पदाहरुमध्ये पाँच वटा राजधानी किभ र अरु पाँच वटा उत्तरी युक्रेनको चेर्निभका छन् । चेर्निभ ऐतिहासिक स्थलहरुको घर समेत मानिन्छ । यूनेस्कोका अनुसार रुसी हमलमा समग्रमा २९ वटा धार्मिकस्थल, १६ वटा ऐतिहासिक भवन, चार वटा संग्रालय र चार वटा स्मारक क्षतिग्रस्त भएका छन् । सूचीमा रुसी सेनाले घेरा हालेको मारिओपोल र खेर्सन सहरको विवरण भने समावेश छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७