ब्राइटनसँग युनाईटेडको लज्जास्पद हार
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा युनाईटेडलाई नवौं स्थानको ब्राइटनले ४-० गोल अन्तरले हराएको हो ।
खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई शुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मार्क कुकुरेला, ५७ औं मिनेटमा पास्कल ग्रोब र ६० औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४-० को जित दिलाए । जितसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ भने युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।