जबरालाई कुर्दै महाअभियोग सिफारिस समिति
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदैछ ।
यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ । मध्यान्ह १२ बजेपछि जबरा बैठक आउने छन् । तर, यसअघि तयारीका लागि समितिको बैठक बसिरहेको छ । ४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।