प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन् ।
उनले भाइटिका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेको हो । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी छिन् ।