सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी–२० खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–२० खेल्ने भएका छन् ।
मंगलबार भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुर्रे जागुराज र दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले अनुबन्ध गरेसँगै उनीहरु खेल्ने पक्का भएको हो ।
सन्दीपले यसअघि पनि क्यानेडियन लिग खेलेका थिए । दीपेन्द्र भने पहिलो पटक आवद्ध भएका हुन् । ग्लोबल टी–२० प्रतियोगिता जुलाई २० देखि ६ अगस्टसम्म हुनेछ । प्रतियोगितामा सुर्रे, मोन्ट्रेलसहित ब्राम्प्टन वुल्भ्स, भानकोउभर नाइट्स, टोरोन्टो नेस्नल्स, विनिपेग हावक्स गरी ६ टिमको सहभागिता रहेको छ ।