सुन तस्करी प्रकरण : भुजुङका ड्राइभर पनि पक्राउ


२७ बैशाख २०७५, बिहीबार
gold taskari

काठमाडौं, २७ बैसाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएकाहरुको मुद्दामा बहस शुरु भएका बेला प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

gold taskari
फाइल फोटो

३३ किलो सुन तस्करी प्रकरण र भरियाका रुपमा प्रयोग गरिएका सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङका ड्राइभर फुल्डुङ गुरुङ भनिने लक्षु गुरुङलाई विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

लक्षुमाथि सुन लुटपाटमा संलग्न रहेको आरोप लागेको छ । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यालाई लिएर गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा २९ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध, कर्तब्य ज्यानसहितका विभिन्न अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइसकेको छ । मुद्दाको बहस आजदेखि भइरहेको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७