धुम्बाराहीमा प्रचण्डको इन्ट्री, ओलीको स्वागत (फोटो फिचर)
प्रबिन कुलुङ राई
काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भएसँगै पुष्पकमल दाहाल प्रचण्डु लगायतका नेता तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराहीमा प्रवेश गरेका छन्।
शुक्रबार धुम्बाराहीमा पुष्प गुच्छासहित प्रचण्ड लगायतका नेतालाई स्वागत गरिएको हो। नव गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तत्कालीन एमालेको केन्द्रीय पार्टी कार्यालय अवलोकन गरेका छन् ।
काठमाडौंको धुम्बाराहीमा रहेको कार्यालयमा अध्यक्षद्वय गएर अवलोकन गरेका हुन् । यसअघि कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालयमा नेकपाको झण्डा र साइनबोर्ड राखिएको थियो ।