शेयर बजारमा उछाल : नेप्सेमा एकै दिन लगातार दुई पटक ‘सर्किट ब्रेक’
काठमाडौँ । नेप्सेमा आइतबार दोस्रो सकारात्मक सर्किट लागेको छ । जसका कारण शेयर कारोबार ४० मिनेटका लागि बन्द भएको छ । कारोबार १ बजेअघि नै ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार स्थगित हुने प्रावधान रहेको छ ।
यसअघि बजार खुलेको ५ मिनेटभित्रै ४ प्रतिशतले बढेको पहिलो सकारात्मक सर्किट लागेको थियो । जसका कारण कारोबार २० मिनेट स्थगित गरिएको थियो ।