अफ्रिका कप अफ नेसन्स : बुर्किना फासो र अल्जेरिया बराबरी खेले
काठमाडौँ । उपाधिको बलियो प्रत्याशी अल्जेरियाले अफ्रिका कप अफ नेसन्सको समूह ‘डी’ को खेलमा बुर्किना फासोसँग शनिबार २–२ को बराबरी खेलेको छ । अल्जेरियाका लागि बाघडाडा बानेडजले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा बराबरी गोल गरे ।
यो नतिजापछि अल्जेरिया दुई खेलबाट दुई अंकमै सीमित रह्यो र समूहको तेस्रो स्थानमा रह्यो । एंगोला र बुर्किना फासो भने सामान चार अंकमा समूहको शीर्षमा छन् । समूहको अर्को खेलमा एंगोलाले मौरिटानियालाई ३–२ ले हराएको थियो ।
समूह ‘ई’ को खेलमा भने ट्युनेसिया र मालीले १–१ को बराबरी खेले । माली दुई खेलबाट चार अंकसहित समूहको शीर्षमा छ । ट्युनिसिया भने एकै अंकमा सीमित छ ।