सर्वोच्च अदालतमा बम भएको हल्लामात्रै
काठमाडौं: सर्वोच्च अदालतमा बम राखिएको हल्लामात्रै भएको प्रमाणित भएको छ । मङ्गलवार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो ।
लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए । तर, खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ ।