२०७५ मंसिर २२ गते शनिबारको तपाईको राशिफल


२२ मंसिर २०७५, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला । शुभ चिन्तकहरूले केही आशा जगाउने छन् । तापनि सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्‍याउनु होला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउने छ ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ । साना तिना काम र घरेलु समस्यामा अल्झनु पर्ला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ । अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन् । स्वास्थ्य उपचारमा खर्च बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने छ । यात्राका क्रममा मालमत्ता सुरक्षा र वादविवादमा सजग रहनुहोला । मिहिनेतले पनि उद्देश्य पूरा हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइने छ । आरिस गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिने छ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिने छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्‍याउन सक्छ । कुनै अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । तापनि मिहिनेतले मौका अवश्यै दिलाउने छ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ । हतारका काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा भने सोचेजस्तो प्रगति गर्न नसकिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिने छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारमा आमाको माध्यमबाट फाइदा उठाउन सफल भइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिने छ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउने छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आर्थिक गतिविधिले फाइदा दिनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउने छ । समयको महत्वलाई ख्याल गर्नुहोला, दिगो काम प्रारम्भ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा विलम्ब भए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । रमाइलो भेटघाटका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धेरै आम्दानी नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्ने छ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्ने छन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
थोरै भए पनि कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७