प्रदेश २ को सरकारले कूटनीतिक विपरीत काम गरेको ११ सांसदको आरोप


१३ पुष २०७५, शुक्रबार
Pradeep Gyawali

काठमाडौँ, १३ पुस । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)का सांसदहरूले प्रदेश २ को सरकारले कूटनीतिक विपरीत गतिविधि गरिरहेको आरोप लगाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष छानबिन गर्न माग गरेको छ ।

Pradeep Gyawali

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली /फाइल तस्बिर

प्रदेश २ को प्रतिनिधि सभा र प्रदेश सभाका ११ सांसदहरूले शुक्रबार परराष्ट्रमन्त्री ज्ञवालीलाई तत्काल छानबिन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधिसभा सदस्य प्रभु साहको नेतृत्वको टोलीले प्रदेश २ को सरकार कूटनीतिक विपरीत गतिविधि गरिरहेको ले छानबिन गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझाउमा टोलीमा प्रदेश २ का प्रतिनिधिसभाका सदस्य हरूमा प्रभु साह, लीलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल रहेका छन् । त्यस्तै प्रदेशसभा सदस्यहरू प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साहले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै संविधानले व्यवस्था गरे अनुसार कूटनीतिक मर्यादा कायम गराउनसमेत माग राखेका छन् ।

उनीहरुले कूटनीतिक मर्यादा विपरीतका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाइका साथ लागू गर्न पनि माग राखेको छ । साथै मुख्यमन्त्री, मन्त्रीहरू, अन्य विशिष्ट कर्मचारीहरूलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन आवश्यक रहेको पनि बताएका छन् । उनीहरूले प्रदेश सरकारले कूटनीतिक भेटघाट गर्दा परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर मात्रै भेट गर्नु पर्ने माग राखेका छन् ।

भेटमा मन्त्री ज्ञवालीले देश सङ्घीयताको नयाँ चरणमा रहेकोले कानुन बनाउने काममा ध्यान दिँदा कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा केही कमीकमजोरी हुन गएको स्वीकार गर्दै कूटनीतिक आचारसंहिता परिमार्जनको क्र्रममा रहेकोले तयार हुनेवित्तिकै कडाइका साथ लागू गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७