न्युडायमण्ड र एपीएफ क्वार्टरफाइनलमा
काठमाडौं,पुस २५। आयोजक न्युडायमण्ड र एपीएफ क्लब न्युडायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको उद्घाटन खेलमा न्युडायमण्डले चितवन टाईग्रेसलाई २५–१३, २५–१८, २५–११ को सेटमा हरायो ।
अर्को खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५, २५–१०, २५–८ को सोझो सेटमा पराजित गर्यो ।
यसैगरी विभागीय अर्को डर्बीमा नेपाल पुलिस क्लबले आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१८ को सोझो सेटमा हरायो ।
अर्को खेलमा पोखराको टप्सले पारामाउण्टलाई २५–१४, २५–१२, २५–१० को सोझो सेटमा स्तब्ध बनायो । क्वाटरफाईनलमा न्युडायमण्डले आर्मी, पुलिसले चितवान टाईग्रेस, एपीएफले पारामाउण्ट र टप्सले जाउलाखेलसँग खेल्नेछ ।
चारदिने प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्करा पाउने छन् ।