वृद्धवृद्धाहरुको भत्ता दोब्बर बनाउँछौं : मन्त्री खनाल

‘नेकपाको सरकार लल्लु पनजु होइन’


२८ पुष २०७५, शनिबार
chakrapani khanal

अर्घाखाँची, २८ पुस । कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले नेकपाको सरकार लल्लु पनजु नभई जग बसाउने गरि विकास गर्ने सरकार रहेको बताएका छन् ।

शुक्रवार अर्घाखाँची सन्धिखर्कमा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सवको उद्घाघाटन गर्दै खनालले यो सरकारले क्षक्षिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताउँदै हतास नहुन आग्रह गरे ।

निर्वाचनको समयमा गरिएका वाचा पुरा गर्ने बताउँदै वृद्धवृद्धाहरुको भत्ता सरकारले दोब्बर बनाउने स्पष्ट पारे । नेपालमा हावा बाट बिजुली, कृषिमा नेपाललाई विश्व सामु चिनाउने र रेलको कुरा सपना नभई वर्तमान सरकारले ५ वर्षमा पुरा गर्ने बताए ।

अर्घाखाँची जिल्ला मासु दुध उत्पादन आत्मनिर्भर रहेको बताउँदै खनालले बुटवलमा बिक्री केन्द्र बनाउने योजना रहेको बताएका छन ।

गुल्मीमा रहेको कफिजोन लाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफि उत्पादनमा सुधार ल्याउने गरि योजना राखिएको बताए । सुन्तला ,कागती जस्ता बिरुवा रोपी अर्घाखाँची लाई कृषिमा नमुना जिल्ला बनाउनेमा आफू लागि परेको बताए ।

कृषिकका समस्या आफ्नै मेरो घरको समस्या जस्तै भएको अनि हतास नहुन्न समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७