विना विभागीय मन्त्री मण्डलका अंगरक्षकको निधन


१२ मंसिर २०७४, मंगलवार
death
Corpse

पथरी: बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार निधन भएको छ। मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो।

death

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो।

उपचारका लागि नर्सिङ होम पु¥याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थिए। शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७