प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण


२२ माघ २०७५, मंगलवार
Pradesh 1

धरान, २२ माघ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन् ।

Pradesh 1

प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए ।

प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उनको भनाइ थियो । हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठक समेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ ।

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्व एमाले ५१, पूर्व माओवादी केन्द्र १६) नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७