युवा साहित्यकार भुसाल सम्मानित


२० माघ २०७५, आईतवार
upanshya puriskar

पर्वत, २० माघ। युवा साहित्यकार दिनेश भुसाल सम्मानित भएको छ । उनको ‘परदेशमा झरेको फुल’ उपन्यासले हेम-सरस्वती प्रतिष्ठानले वितरण गर्ने पुरस्कारबाट सम्मानित भएको हो ।

गैह्र आवासीय नेपाली सङ्घको युरोप सहसंयोजक तथा भाषा साहित्य संयोजक गोविन्दप्रसाद गौतमको परिवारले गठन गरेको प्रतिष्ठानले वितरण गरेको पुरस्कार भुसालको परदेशमा झरेको फूलले प्राप्त गरेको हो ।

भुसाललाई १५ हजार नगद र सम्मानपत्र प्रदान गरिएका छ । उपन्यासमा विशेष गरी वैदेशिक रोजगारमा जाने नेपालीहरूको पीडालाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७