अरुण तेस्रोको पावरहाउस नजिकै दुई बम विष्फोट


२५ माघ २०७५, शुक्रबार
arun

संखुवासभा, २५ माघ । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको छ ।

arun

बिहीबार राति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमनाको आयोजनाको रुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिऐ । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७