२०७५ माघ २८ गते सोमबारको तपाईको राशिफल


२८ माघ २०७५, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पूरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पूरा होला । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । शुभकार्यको चर्चा चल्ने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । पारिवारिक जीवन पनि सन्तोषप्रद रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक यात्राको योग छ । बौद्धिक कार्यमा सफलता मिल्ने छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छन् । प्रेमीको सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमणीय र सुखद यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रेमीको सहयोग पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मन खिन्न हुने स्थिति आउने छ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिने छन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । पुनर्मिलनको योग रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७